धादिङमा भीरबाट लडेर एकको मृत्यु

 ग्लोबल टिभि      बिहिबार, अशोज ७, २०७८      0

धादिङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थानीय रामबहादुर गुरुङ रहेका छन्। उनको जिल्लाको गजुरी गाँउपालिका–२ मलेखु बजार नजिकैको भीरबाट लडेर मृत्यु भएको हो मलेखु बजारबाट घर जाने क्रममा बुधबार साँझ भीरबाट लडेर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताए ।

बेनिघाट रोराङ गाँउपालिका–२ महादेवस्थान निवासी ६३ वर्षीय गुरुङको शव सडकबाट करिव ६० फिट तल भेटिएको डिएसपी खड्काले बताए । डिएसपी खड्काका अनुसार मृतक गुरुङको शव घटनास्थलबाट निकालेर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *