ग्लोबल टिभि
बिहिबार, पुस २, २०७७
0
बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ सिल्लेगाडाबाट कुकुरेतर्फ जाँदै गरेको सु.प.प्र.००१ त ४९५७ नम्बरको ट्रयाक्टर बिहीबार बिहान घोडेधारमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ का २५ वर्षीय नरेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी गराएका हुन् ।
Post Views: 1,007
Leave a Reply