आइतबार देखि मुक्तिनाथ मन्दिर खुला हुने

 ग्लोबल टिभि      बिहिबार, अशोज ७, २०७८      0

आगामी आइतबार (१० असोज) देखि मुक्तिनाथ मन्दिर दर्शन खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई लक्षित गरी स्थानीय प्रशासनले मन्दिर खुला गर्ने निर्णय गरेको हो ।

मुस्ताङ जिल्लामा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीबाहेकको साथमा ७ दिन भित्रको पीसीआर नेगेटिभ रिर्पोट आएको प्रमाण हुनु पर्नेछ । खोप कार्ड वा ७२ घण्टा भित्रको एन्टिजेन परीक्षण रिपोर्ट भए पनि हुने छ ।

जिल्लामा सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर र हाटबजार राख्न भने नपाइने भएको छ । विवाह, ब्रतबन्ध, मृत्यु लगायतका संस्कार जस्ता कार्यमा २५ जना भन्दा बढी भेला नहुन समेत जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *