इटहरीमा छुरा प्रहार गरि १ जनाको हत्या

 ग्लोवल टि.भी.      शनिबार, अशोज ९, २०७८      0

सुनसरीको इटहरीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ।
इटहरी उपमहानगरपालिका–३ सुनौलो टोलका २१ वर्षीय राजु थापाको शुक्रबार अपराह्न हत्या भएको हो।

सामान्य घरायसी विवादमा थापामाथि छिमेकी ६२ वर्षीय देवीप्रसाद अधिकारीले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

छातीमा छुरा प्रहारबाट गम्भीर घाइते भएका थापाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *