ग्लोवल टि.भी.
शनिबार, अशोज ९, २०७८
0

चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओह्रालो लाग्दै गएको देखाए पनि जोखिम भने कायमै रहेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार विद्यालयमा भौतिक रूपमा पढाइ हुन थालेको र चाडपर्वका कारण बजारमा चहलपहल बढेकाले संक्रमणको जोखिम बढेको हो ।
जिल्लामा अहिले पनि सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा माथि रहेको छ । कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकबाबु तिवारीलेस्वास्थ्य मापदण्ड पालना गर्न छाडिएकाले सङ्क्रमण फेरि पनि बढ्नसक्ने चेतावनी दिए ।
तिवारीका अनुसार संक्रमणको रोकथाम र न्यूनीकरणका कामपनि भइरहेका छन् । चितवनमा हालसम्म दुई लाख ७० हजार बढीले कोरोना विरुद्धको खोप लगाएको उहाँको दाबी छ । तीमध्ये एक लाख ५० हजारले पूर्ण खोप पाइसकेको बताइएको छ ।
Post Views: 311

Leave a Reply