कालीगण्डकीमा बेवारिसे शव फेला

 ग्लोवल टि.भी.      शुक्रबार, पुस ३, २०७७      0

कालीगण्डकी नदीको किनारमा शुक्रबार बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको पहिचान र परीक्षणको काम भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी गराएका हुन् । शवको पहिचानका लागि प्रहरीले हुलियासहितको तस्वीर माताहतका एकाइमा पठाएको छ ।

कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *