ग्लोबल टिभि
0
आगलागीमा परेर राजविराज नगरपालिका–१६ बोरियाका एक ज्येष्ठ नागरिकको शुक्रबार बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा सुतिरहेका यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी गराएका हुन् ।
आगलागीबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।
Post Views: 1,316
Leave a Reply