मोक्षभूमि उपन्यास र भक्तराज आचार्यलाई पद्मश्री पुरस्कारद्वारा सम्मान

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १२, २०७८      0

काठमाडौं– केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

उक्त निर्णय खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले गरेको हो । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी तीन/तीन लाख रुपैयाँ रहेको छ ।

आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई ‘मोक्षभूमि’ उपन्यासमा लेखक दाहालले चित्रण गरेका छन् ।

यसैगरी १६ वर्षको छोटो अवधिमा पनि गायक तथा संगीतकार आचार्यले दर्जनौं कालजयी सिर्जना दिएका छन् । क्यान्सर रोगका कारण जिब्रो काटिएपछि आचार्यको गायनयात्रामा पूर्णविराम लागेको छ ।

वि.सं. २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कारले सम्मान अर्पण गर्दै आएको छ ।

त्यस्तै वि.सं.२०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान गर्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *