काठमाडौं–विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्री बालकृष्ण खाणले सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई उनले नागरिकलाई अनुभूति देखिनेगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।
मन्त्री खाणले परिवर्तनको परिणाम देखिनेगरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन समेत निर्देशन दिए। अहिले बैठकमा सुनाएका चाडपर्व लक्षित योजना राम्रा भएर मात्रै नभई ती योजनालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।
साथै उपलब्ध स्रोत साधनको उपयोग गरेर अघिल्ला वर्षहरूमा भन्दा आम नागरिकले परिवर्तनको अनुभूति पाउनु पर्ने र प्रहरी र निजामति कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखिन पर्नेमा जोड दिएका छन् ।
चाडपर्वका बेलामा हुने बजार मूल्यमा बढोत्तरी, म्याद गुज्रेका खाद्य सामाग्री र कालो बजारीलाई रोक्न गृहसचिव टेकनारायण पाण्डेले विषेश ध्यान दिन निर्देशन दिएका थिए ।
Leave a Reply