१४ करोड बढीमा लिलाम भए भित्तामा भेटिएका सुनका सिक्का

 ग्लोबल टिभि      बिहिबार, अशोज १४, २०७८      0

एजेन्सी- फ्रान्सको एक बंगलाको भित्तामा भेटिएका २३५ सुनका सिक्काको लिलामी गरिएको छ।

फ्रान्सेली क्रान्ति हुनुभन्दा पहिलाका ती सिक्का ढुंगाको काम गर्ने कालिगढले उत्तर पश्चिमी फ्रान्सको केन्पर सहरमा एउटा बंगला पुनर्निर्माण गर्दा फेला पारेका बेलायती समाचार पत्र द गार्डियनले जनाएको छ ।

उनीहरूले ती सुनका सिक्का सन् २०१९ मै फेला पारेको भए पनि यो घटना सार्वजनिक भने भएको थिएन।

सो घटना उक्त सम्पत्तिका मालिकले चार वटा सिक्का आफूले राखेर बाँकी २३५ सिक्का लिलामीमा राखेपछि आएको हो। ती सिक्का बुधबार १२ लाख डलर (१४ करोड भन्दा बढी रुपैयाँ) मा बिक्री भएका छन्।

सम्पत्तिका मालिक र सिक्का पत्ता लगाउने तीन जना कालिगढले सिक्का लिलामबाट आएको पैसा बाँडेर लिने जनाइएको छ।

ती सिक्का तत्कालीन समयका धनी व्यापारी वा जमिनदारले बचतका रूपमा राखेको हुन सक्ने लिलामीकर्ताले बताएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *