ग्लोवल टि.भी.
बिहिबार, अशोज १४, २०७८
0
काठमाडौं– कुसुण्डा जातिको भाषा संरक्षण गर्न दाङमा समिति गठन गरिएको छ।
कुसुण्डा महिला विकास समाज नेपालले राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको समन्वयमा आयोजना गरेको कार्यक्रममा समिति गठन गरिएको हो।
फाली कुसुण्डाको संयोजकत्वमा गठन गरिएको १५ सदस्यीय समितिको उक्त टोलीले कुसुन्डा भाषाको संरक्षणका साथै सो समुदायका महिलालाई अधिकार दिलाउनका लागि पहल गर्ने जनाएको छ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका सचिव सावित्रा चेपाङले लोपोन्मुख कुसुण्डा समुदायका महिलालाई नेतृत्व तहमा अघि बढाउने लक्ष्यका साथ काम गरिरहेको र कुसुण्डा समुदायका महिलाको पहुँच बढाउन जरुरी रहेको बताइन ।
कुसुण्डा समुदायमा नयाँ पुस्ताको ध्यान आफ्नो भाषा संरक्षणतर्फ केन्द्रित भएको पाइएको छ भने सो कार्यक्रममा १८ कुसुण्डा किशोरीको सहभागिता थियो।
Post Views: 714
Leave a Reply