डबल क्याप जीपको ठक्करबाट स्कुल जाँदै गरेका पाँच छात्रा गम्भीर घाइते

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज १५, २०७८      0

काठमाण्डौं- डबल क्याप जीपको ठक्करबाट सल्यानमा स्कुल जाँदै गरेका ५ जना छात्रा गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा शारदा नगरपालिका वडा नं- ६ की १८ वर्षीया मिना परियार, १८ वर्षीया रेखा बुढाथोकी, १५ वर्षीया सुशीला नेपाली, १८ वर्षीया दीपा बुढाथोकी र १८ वर्षीया सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

घाइते सबै छात्रालाई जिल्लामा प्रारम्भिक उपचार गरिएको र सबैको अवस्था गम्भीर भएकाले थप उपचारको लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बिहान दश बजेतिर शारदा नगरपालिका-२ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई थारमारेबाट खलंगातर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरका डबल क्यापे जीपले ठक्कर दिएको थियो।

विद्यालयतर्फ जाँदै गर्दा थाकेर सडक छेउको छहारीमा बसेको समयमा उनीहरू सबैलाई ठक्कर दिएको थियो । उनीहरूको छाती, अनुहार, हात,खुट्टा लगायतमा गम्भीर चोटपटक लागेको छ भने प्रहरीले चालक र जीपलाई नियन्त्रणमा लिएको छ।

उनीहरू शारदा नगरपालिका वडा नम्बर- १ स्थित शिवजन माध्यमिक विद्यालय शितलपाटीमा अध्ययनरत छात्रा हुन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *