वर्ल्डलिंकद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर प्रदान

 ग्लोवल टि.भी.      शनिबार, अशोज १६, २०७८      0

काठमाण्डौं- महानगरीय ट्राफिक प्रहरी महाशाखालाई इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले विद्युतीय स्कुटर सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आफ्नो व्यवसायिक उपहार स्वरूप विद्युतीय स्कुटर दिएको हो।

ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईलाई उक्त स्कुटर हस्तान्तरण गर्दै कम्पनीका कार्यकारी निर्देशक मनोज अग्रवालले यसबाट ट्राफिक प्रहरीको काममा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

साथै उनले कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको र ट्राफिक प्रहरीलाई यस अघिदेखि उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा समेत जारी रहने बताए ।

ट्राफिक साइरन जडित उक्त जापानीज स्कुटर एकपटकको चार्जमा १०० किलोमिटरसम्म गुड्न सक्ने र ट्राफिक महिलालाई मोटरसाइकल चलाउन गाह्रो हुने गरेको अवस्थामा यो विद्युतीय स्कुटरले सहज हुने बताइएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले वर्ल्डलिङ्कबाट प्राप्त विद्युतीय स्कुटर महिला प्रहरीले प्रयोग गर्ने र वर्ल्डलिङ्कले उपलब्ध गराएको फ्री वाईफाईले ट्राफिक सचेतना कक्षाका साथै सेवाग्राहीलाई महत्वपूर्ण सहयोग पुगेको जानकारी दिए।

ट्राफिक प्रहरीले महिला तथा अपाङ्ग आरक्षण सिटको प्रयोग र भाडा चेक जाँचका लागि उक्त स्कुटर प्रयोगमा ल्याउने बताएको छभने ट्राफिक प्रहरीको आवश्यकतालाई मध्यनजर गर्दै विद्युतीय स्कुटर सहयोग गरिएको वर्ल्डलिङ्कले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *