ग्लोवल टि.भी.
आइतवार, अशोज १७, २०७८
0
नार्कोटिक कन्ट्रोल बयूरो–एनसिबी (लागुऔषध नियन्त्रण ब्यूरो) ले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसँग बयान लिएको छ ।
एनसिबीले शनिबार राति मुम्बईको तटीय क्षेत्रमा भएको क्रुज पार्टीमा छापा मारेको थियो । सो पार्टीमा सामेल शाहरुखका छोरा आर्यनसँग एनसिबीले बयान लिएपनि उनीविरुद्ध कुनै उजुरी दर्ता नभएको र उनी पक्राउ नपरेको इन्डिया टुडेले जनाएको छ ।
एनसिबीका अधिकारीले आर्यनको फोन नियन्त्रणमा लिएर लागुऔषध प्रयोगसँग उनको सम्भावित संलग्नताबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
शनिबार राति एनसिबीका अधिकारीहरुले आर्यनलाई सोधपुछका लागि लैजाँदै गरेको भिडियो भने सार्वजनिक भएको थियो ।
Post Views: 365
Leave a Reply