ग्लोवल टि.भी.
आइतवार, अशोज १७, २०७८
0
काठमाडौं- अनधिकृत व्यक्तिबाट औषधि बिक्री वितरण गर्ने हेटौंडा उपमहानरपालिका १० स्थित एक फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा खटिएको जिल्ला अनुगमन टोलीले गुराँसमा सिल गरेको छ। अनधिकृत व्यक्तिले सो फार्मेसीबाट औषधि बिक्री गरेको पाइएकाले सिल गरेर कारबाही प्रक्रिया अगाडि बढाएको सो कार्यालयले जनाएको छ।
हेटौंडा उपमहानगर–१० राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा सिलबन्दी गरी प्रशासनले आज कारबाही प्रक्रिया अगाडि बढाएको हो।
हेटौंडा अस्पतालका चिकित्सकले बीमाको औषधि अस्पतालको फार्मेसीमा नरहेको भन्दै गुराँसमा सिफारिस गर्दै आएको गुनासो बढेपछि प्रशासनले हेटौंडा–१ र १० का किराना पसल तथा मेडिकल पसल गरी एक दर्जन पसलको समेत अनुगमन गरेको जनाएको छ।
Post Views: 497
Leave a Reply