ग्लोवल टि.भी.
मङ्लबार, अशोज १९, २०७८
0
काठमाडौं- बाराको कलैयामा बाल्टीमा राखिएको पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–२० बसतपुर टोल निवासी मैनोदिन मियाँकी दुई वर्षीया छोरी आयशा खातुनको बाल्टीमा राखिएको पानीमा डुबेर मृत्यु भएको हो ।
बालिकालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको र मृत बालिकाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
Post Views: 375
Leave a Reply