ग्लोवल टि.भी.
मङ्लबार, अशोज १९, २०७८
0
काठमाडौं- आज बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा श्री एयरलाइन्सको एउटा जहाज घाँसतिर पुगेको छ।
नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको थियो जहाजमा कुनै क्षति भने भएको छैन् ।
जहाज चिप्लिएर धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको विमानस्थल स्रोतले जनाएको छ।
जहाजमा यात्रुहरू पनि थिए।
Post Views: 573
Leave a Reply