मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय
ग्लोवल टि.भी.
मङ्लबार, अशोज १९, २०७८
0

३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् ।
हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङले पेश गरेको रायसहितको प्रतिवेदनका आधारमा १९ वैशाख २०७५ मा आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । तीमध्ये ज्यान मुद्दाका आरोपी मात्र दोषी ठहर भएका हुन् ।
अन्य सबैले सफाइ पाएका छन् ।
Post Views: 400

Leave a Reply