९६८ जनामा कोरोना संक्रमण पुष्टि, १,११४ संक्रमणमुक्त, ६ जनाको मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १९, २०७८      0

नेपालमा मङ्गलवार ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार ११,८५२ पीसीआर परीक्षणमा ७६२ जना र ४,४६० एन्टिजेन परीक्षणमा २०६ गरी ९,९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११,१८० पुगेको मन्त्रालयले जनाएकोछ । १,११४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६,२४८ जना रहेका छन् । जसमध्ये १५,११७ जना होम आइसोलेसनमा रहेका छन् भने १,१३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *