नोबेल पुरस्कार भौतिकशास्त्रतर्फका तीन वैज्ञानिकलाई दिने घोषणा

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १९, २०७८      0

विश्वको सर्वाधिक प्रतिष्ठित र सबैभन्दा बढी धनराशिको नोबेल पुरस्कार भौतिकशास्त्रतर्फका लागि तीन वैज्ञानिकलाई दिने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार कमिटीले मंगलबार भौतिकविज्ञानतर्फका तीन जना वैज्ञानिकलाई पुरस्कार दिने घोषणा गरेको हो। स्युकुरो मानाबे र क्लाउस ह्यासलम्यानलाई जलवायु विज्ञानको फिजिकल मोडेलिङका लागि आधा रकम दिइनेछ भने अर्का वैज्ञानिक जिओर्जिओ पारिसीलाई ग्रह तथा अणुहरुसम्मको डिस्अर्डर र फ्ल्क्चुएसन बीचको सम्बन्धबारेको खोजका लागि आधा रकम दिइनेछ ।

यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *