निर्वाचन लक्षित मतदाता शिक्षाबारे आईक्यापको सेमिनार

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १९, २०७८      0

हिमालयन इन्स्टिच्यूट अफ सिभिक एक्सन एण्ड पोलिसी (आईक्याप)ले मंगलबार मतदाता शिक्षा र नागरिक सचेतनाबारे कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँको लैनचौरस्थित एक होटलमा आयोजित कार्यक्रममा आईक्यापले आगामी स्थानीय निर्वाचनका लागि मतदाता शिक्षा,जनसहभागिता,सुशासन,निष्पक्ष निर्वाचन प्रक्रियाबारे राजनीतिक दलका प्रतिनिधि,नागरिक समाज तथा पत्रकार लगायतका सरोकारवालासँग छलफल गरेको हो ।

कार्यक्रममा यसअघि भएको तीन तहको निर्वाचनमा भएका गतिविधिबारे समीक्षा गरिएको थियो । यस्तै आगामी निर्वाचनमा अपनाउनुपर्ने विधि प्रक्रिया तथा राज्यस्तरबाट गर्नुपर्ने कामबारे छलफल भएको थियो । कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । केही सहभागीले मतदान प्रक्रिया र मत गणनालाई निष्पक्ष र धाँधलीरहित बनाउन विद्युतीय प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा आईक्यापका कार्यकारी निर्देशक आनन्द मिश्रले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे । उनले जनता र राजनीतिक दल तथा प्रतिनिधिबीच गहिरो सम्बन्ध स्थापना गराउने, जनसहभागिता,सुशासन, र निष्पक्ष निर्वाचन प्रक्रियात्मक पारदर्शितामा सुधार गर्न ध्यानाकर्षण गराउने मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रममा आईक्यापका प्रशासन तथा कार्यक्रम निर्देशक नेहा श्रेष्ठले संस्थाको आगामी योजनाबारे जानकारी दिइन् । ‘संघ,प्रदेश र स्थानीय तीनै तहका सरकारका निम्ति आवश्यक परामर्श र क्षमता अभिवृद्धि गर्ने संस्थाको मुख्य उद्देश्य हो’ निर्देशक श्रेष्ठले भनिन् । श्रेष्ठले मतदाता शिक्षा, संसदीय सहयोगका कार्यक्रमबारे प्रचार–प्रसार तथा जनचेतनामूलक कार्यक्रम संस्थाको उद्देश्य रहेको बताइन् ।

राजनीतिक दलसँग समन्वय गरी स्थानीय चुनाव,नीति तथा कार्यक्रम,विकास र प्रविधिको सकारात्मक प्रयोगबारे दलका प्रतिनिधिलाई प्रशिक्षण दिने लगायतका कार्यक्रम समेत भएको उनले प्रष्ट पारिन् ।

कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराई,नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह,महालक्ष्मी उपाध्याय, विवेकशील साझा पार्टीकी वाग्मती प्रदेश सांसद शोभा शाक्य, वरिष्ठ पत्रकार धमेन्द्र झा र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो । आईक्यापलेकेही वर्षदेखि यो क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *