कोभिड महामारीमा अभिभावक गुमाएका विद्यार्थीलाई ‘भरोसा छात्रवृत्ति’

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज २२, २०७८      0

काठमाडौं- कोरोना भाइरस महामारीले अभिभावक गुमाएर शिक्षाको अवसरबाट बञ्चित हुन पुगेका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने भएका छन्।

राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको अगुवाइमा ती बालकालिकालाई छात्रवृत्ति व्यवस्था गर्न लागिएको हो।

ती बालकालिकालाई राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको अगुवाइमा छात्रवृत्ति व्यवस्था गर्न लागिएको हो।

उक्त अभियानलाई ‘भरोसा छात्रवृत्ति अभियान’ को नाम दिइएको छ। अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिनेछ।

अभियानको नेतृत्वमा नेपाली कांग्रेसका नेता गगन थापा, डिस होम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झा, हेल्प नेपालका सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डाले रहेका छन्।

कोभिड महामारीका कारण अभिभावक गुमाएका बालबालिकाले राज्य, संघसंस्था र व्यक्तिगत तवरबाट तत्कालका लागि केही राहत पाएको भए पनि उनीहरुको शैक्षिक निरन्तरता चुनौतीपूर्ण हुने ठानेर आफूहरुले अभियान थालेको नेता थापाले बताए।

विद्यार्थी छनौट गर्दा मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लाहरुलाई प्राथमिकतामा राखिने र अभियानले सातवटै प्रदेशमा काम गर्ने डिस होमका प्रबन्ध निर्देशक आचार्यले स्पष्ट पारेका छन्।

पहिलो वर्षको छात्रवृत्तिका लागि आवश्यक रकमको जिम्मा डिसहोम नेटवर्कले लिएको छ। यो वर्ष ४० लाख रुपैयाँ छात्रवृत्तिमा खर्च गरिने आचार्यले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *