आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टादेवीको पूजा गरी मनाइँदै

 ग्लोवल टि.भी.      शनिबार, अशोज २३, २०७८      0

काठमाडौं- आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टादेवीको पूजा गरी मनाइँदै छ ।

कोरोना जोखिमकै बीच पनि देशका विभिन्न शक्तिपीठमा आज चन्द्रघण्टादेवीको पूजा भइरहेको छ ।

नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण चन्द्रघण्टा भनिएको मानिन्छ ।

चन्द्रघण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत प्रेत शक्तिबाट उन्मुक्ति पाउँछन् भन्ने विभिन्न शास्त्रमा उल्लेख छ । नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री र हिजो दोस्रो दिन ब्रहृमचारिणी देवीको पूजा गरिएको छ ।

गएको वर्ष सुनसान भएको काठमाण्डौको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।

काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठमा दर्शनार्थीको भीड लाग्ने लागेको छ ।

भोलि चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आह्वान गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ। यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *