काठमाडौंमा आजदेखि दशैँका लागि खसीबोका बिक्री सुरु

 ग्लोवल टि.भी.      शनिबार, अशोज २३, २०७८      0

काठमाडौं- दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री सुरु गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको जानकारी दिए।

अहिले बिहानसम्म मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका भित्राइएको छ । जसमध्ये २ सय १ मकवानपुरबाट र बाँकी दाङबाट ल्याइएको हो ।

यो वर्षको दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका ल्याउने छ भने खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।

खाद्यले बेच्ने मूल्य भने प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *