आज विश्व हुलाक दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

 ग्लोवल टि.भी.      शनिबार, अशोज २३, २०७८      0

काठमाडौं- आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

‘पुनरुत्थानका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ आज विश्व हुलाक दिवस मनाइँदैछ ।

सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्त्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउदै आएको छ ।

हुलाक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले नेपालको हुलाक सेवा चुनौतीको रुपमा नलिई हुलाक सेवालाई समयसापेक्ष परिवर्तन गर्न सके हुलाकको औचित्य बढ्ने बताएका छन् ।

हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिइन्छ । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता लिएसँगै हुलाक दिवस मनाउन थालिएको हो ।

हुलाक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले नेपालको हुलाक सेवाले चुनौतीको रुपमा नलिई हुलाक सेवालाई समयसापेक्ष परिवर्तन गर्न सके हुलाकको औचित्य बढ्ने बताएका छन् ।

नेपालमा १९३५ सालदेखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पुर्याउँदै आए पनि सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने पछिल्लो समय सङ्कटमा परेको छ । सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा परेको हो ।

एक दशकअघिसम्म आमनागरिकको भरोसा बनेको हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुर्याउने काममा मात्र साँघुरिएको छ ।

सूचना प्रविधिको पहुँचका कारणले सेकेण्ड–सेकेण्डमा सूचना पाउने भएपछि चिठीपत्र र हुलाक सेवा दुवैको औचित्य घटेको छ ।

हुलाक सेवा विश्वमै भरपर्दो सञ्चार सेवा भएका कारण संयुक्त राष्ट्रसङ्घको अङ्गकै रुपमा विश्व हुलाक सङ्गठन स्थापित छ तर, पछिल्लो समय हुलाक सेवा नेपालमा मात्र नभइ विश्वमै सङ्कटोन्मुख अवस्थामा पुगेको छ । हुलाकलाई आधुनिकीकरण गर्न सरकारका तर्फबाट पनि कुनै पहल नहुँदा हुलाक सेवाको औचित्य स्थापित हुन सकेको छैन् ।

हुलाक बचत बैंकलाई सरकारले आर्थिक वर्ष २०७५र०७६ बाट खारेज गरेसँगै हुलाकको अस्तित्व झन सङ्कटमा परेको कतिपयको बुझाइ छ । सरकारले हुलाक बचत बैंकको खारेजी गरेसँगै यस बैंकमा जम्मा भएको रकम खातासहित राष्ट्रिय वाणिज्य बैंकमा सारेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *