लगानी बोर्डद्वारा जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

 ग्लोवल टि.भी.      शनिबार, अशोज २३, २०७८      0

काठमाडौं- लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।

जुम खोलाको ५६ मेगावाट क्षमताको झण्डै १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजीवृद्धि स्वीकृत गरेको लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।

अरुण तेस्रो संखुवासभामा निमार्णाधीन अवस्थामा छ भने लगानी स्वीकृत भएको जुम खोला जलविद्युत् आयोजना दोलखामा पर्छ। माथिल्लो कर्णाली जलविद्युतबारे आवश्यक अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय भएको छ ।

बोर्डको बैठकले सम्राट सिमेन्ट र क्यूटिवान माथिल्लो त्रिशूली वानको शेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालू वर्षको वार्षीक बजेट तथा कार्यक्रम स्वीकृत पनि गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *