विमान दुर्घटनामा परी १६ जनाको मृत्यु

 ग्लोवल टि.भी.      आइतवार, अशोज २४, २०७८      0

एजेन्सी- रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

रुसको तातारस्तान क्षेत्रमा एक शहर नजिक एल–४१० विमान दुर्घटनाग्रस्त हुँदा १६ जना जनाको मृत्यु भएको र सातजना घाइते भएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।

विमानमा प्यारासुटबाट हाम्फाल्नेहरू सवार रहेको रुसको आकस्मिक मामिला मन्त्रालयले जानकारी दिएको छ । विमानको भग्नावशेषबाट सातजनालाई जिउँदै उद्धार गरिएको थियो । उक्त विमान दुईवटा इन्जिन भएको छोटो दायराको ट्रान्सपोर्ट एयरक्राफ्ट थियो ।

हालैका वर्षमा रुसको उड्डयन सुरक्षाको मापदण्ड सुधार भएको छ तर दुर्गम क्षेत्रहरूमा पुराना विमान दुर्घटनाग्रस्त हुने गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *