विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको परीक्षण सफल

 ग्लोबल टिभि      मङ्लबार, अशोज २६, २०७८      0

काठमाडौं-कुस्माको चाक्लेडिलमा अवस्थित विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको परीक्षण सफल भएको छ ।

जिपलाइनका अध्यक्ष बिदुर पौडेलले सदरमुकाम कुश्मा नगरपालिका-५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा रहेको जिपलाइन को परीक्षण सफल भएको बताए ।

स्थानी ९ जना व्यवसायीहरुको ‘द हार्नेस कम्पनी मार्फत १५ करोडको लागतमा यो जिपलाइनन निमार्ण सम्पन्न गरिएको हो । कालिगण्डकी नदीमाथि २ सय ५० मिटर अग्लो जिपलाइनबाट कालिगण्डकी नदीका दुई भाग पार गर्न सकिन्छ । उक्त जिपलाइनको निर्माण भारतीय कम्पनी श्याम जिपलाइनले गरेको हो।

जिपलाइनको परीक्षण सफल भएसँगै पर्वतमा साहसिक पर्यटनको विकासकामा महत्वपूर्ण टेवा पुग्‍नेछ । यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिएर यात्रा गर्न मिल्ने बनाइएको छ । उक्त यात्रा ६० देखि ९० सेकेण्डको समय अवधिभित्र पूरा भइसक्नेछ भने जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने कप्पनीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *