मोरङको सिटिजन्स बैंकबाट २१ लाख ७० हजार लुटपाट

 ग्लोबल टिभि      मङ्लबार, अशोज २६, २०७८      0

काठमाडौं- मोरङको सिटिजन्स बैंकको शाखा कार्यालयबाट २१ लाख रुपैयाँ लुटिएको छ।

सोमबार अपरान्ह करिब ४ बजे धनपालथान गाँउपालिकास्थित सिटिजन्स बैंकको सुरक्षागार्डमाथि आक्रमण गरी बैंक लुटिएको हो।

सो क्रममा बैंकबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको र घटनामा संलग्न भएको आरोपमा दुई भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिएको मोरङ जिल्ला प्रमुख काशीराज दाहालले जानकारी दिए। पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार छन् ।अन्य पाँचजना फरार छन् भने उनीहरु भारतीय नागरिक रहेको खुलेको छ।

अर्का विराटनगर महानगरपालिका–३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया लुटपाट योजनाका मुख्य योजनाकार हुन् ।

लुटपाट भएको रकमबारे बैंकले जानकारी नदिएकोले हालसम्म लुटिएको रकमबारे नखुलाएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

लुटेरालाई रोक्ने क्रममा बैंकभित्र दुई राउण्ड गोली समेत चलेकोले बैंकका ३७ वर्षीय सुरक्षागार्ड शीतल कुवँर घाइते भएका छन्। उनलाई एक राउण्ड गोली लागेको र अर्को गोली लुटेरा समूहका सदस्यलाई लागेको थियो । घाँटी र पिठ्यूँमा चोट लागेका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीको जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *