रुवी खानलाई असोज २८मा उपस्थित गराउन सर्वोच्चको आदेश

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज २६, २०७८      0

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन आदेश दिएको छ ।

अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासले दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो ।

नेपालगञ्जका दुई जना महिलाको शंकास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै आएका आफन्त र अधिकारकर्मी न्यायका लागि पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए । उनलाई रिहा गर्न माग गर्दै अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *