आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

 ग्लोवल टि.भी.      बुधबार, अशोज २७, २०७८      0

काठमाडौं- आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइँदैछ।

हरेक वर्षको अक्टोबर १३ तारिखका दिन विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ ।

सन् १९८९ को राष्ट्रसङ्घको साधारण सभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो ।
पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै बिभिन्न प्राकृतिक प्रकोपहरुको संभाव्य जोखिममा रहेको छ । अझ मानविय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायू परिवर्तन आदिले त झन प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।

छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानीकालागि विश्व समूदायमा परिचित नेपालले पनि समय-समयमा धेरै प्राकृतिक बिपत्तिहरुको सामना गर्नु परेकोछ, समय-समयको भूँईचालो होस् या यस वर्षको भिषण बाढि पहिरो, भौगोलिक रुपमा विविधतासंगै जटिल नेपाल सदैव प्राकृतीक बिपत्तिको उच्च जोखिम मैं छ ।

२०७२ सालको भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदामा क्षति गरेको थियो । मानवीय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ ।

भूकम्पको हिसाबले विश्वको ११ औं तथा बाढीरपहिरोलगायतका प्रकोपका हिसाबले ३० औं ठाउँमा छ। नेपालमा पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ । विपद्ले मानवीय क्षतिसँगै विपद्पछिको राहत, उद्दार, पुनःस्थापना र पुनर्निर्माणका काम खर्चिलो हुँदै आएको छ ।

विज्ञले प्राकृतिक प्रकोपसँग जुध्न नसकिने तर पूर्वतयारी तथा सतर्कता अपनाएर क्षतिलाई न्यूनीकरण गर्न सकिनेमा जोड दिँदै आएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *