दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहत दिने प्रधानमन्त्रीको घोषणा

 ग्लोवल टि.भी.      बुधबार, अशोज २७, २०७८      0

काठमाण्डौ- मुगु, कास्की र अछाममा भएको दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उचित राहत दिने र घाइतेको सरकारले निःशुल्क उपचार गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा दुर्घटनाको खबरले आफू स्तब्ध भएको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।

साथै उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी गाडीको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *