राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन

 ग्लोवल टि.भी.      बुधबार, अशोज २७, २०७८      0

काठमाडौं-आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको महाअष्टमीको दिन काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्।

पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित बिहान १०ः३० बजे मन्दिर पुगेकी उनले भगवती मन्दिरमा करिब दश मिनेट पूजाअर्चना गरेकी हुन्।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भिम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पलाञ्चोक भगवती विकास तथा सेवा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पाँचखाल नगर उपप्रमख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए।

करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ।

यो मन्दिरमा विशेष गरी दसैं, माघे–संक्रान्ति र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *