सर्वोच्चद्वारा रुवी खानलाई असोज २८ गते अदालतमा उपस्थित गराउन आदेश

 ग्लोवल टि.भी.      बुधबार, अशोज २७, २०७८      0

काठमाडौं- प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई सर्वोच्च अदालतले असोज २८ गते उपस्थित गराउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासले अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो ।

माइतीघरमा धर्ना बसेकै ठाउँबाट प्रहरीले गत शुक्रबार अधिकारकर्मी रुवी खानलाई पक्राउ गरेर नेपालगञ्ज लगेको थियो भने उनलाई रिहा गर्न माग गर्दै अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

सो रिटमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश दीपककुमार कार्कीले २४ घण्टाभित्र खानलाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो । तर प्रहरीले खानलाई उपस्थित गराएको छैन ।

नेपालगञ्जका दुई जना महिलाको शंकास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै आएका आफन्त र अधिकारकर्मी न्यायका लागि पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *