महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, अशोज २७, २०७८      0

काठमाडौं- महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी डिलासैनी गाउँपालिका-३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको हो ।

जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना हुँदा सो ट्र्याक्टरका योगेशको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।

उनको उपचारका क्रममा जिल्ला अस्पताल बैतडी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सोही ट्र्याक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले भने हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते छन् ।

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *