रुपन्देहीबाट लागु औषधसहित चारजना प्रकाउ

 ग्लोवल टि.भी.      बुधबार, अशोज २७, २०७८      0

काठमाडौं-प्रहरीले लागु औषधसहित चारजनालाई प्रकाउ गरेको छ ।

वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पोखरा उप महानगरपालिका वडा-२२ का २७ को सागर पोख्रेल र गोदावारी नगरपालिका वडा-१ प्रगतिनगर बस्‍दै आएका २० वर्षीय मधुकर बिश्वकर्मा, गैडहवा गाउँपालिका- ९ का ३४ वर्षीय दुर्गा राना र कन्चन गाउँपालिका-२ का १६ वर्षीय अशोक कुमार लोधलाई पक्राउ गरेको हो ।  ।

प्रहरीले उनीहरुको साथबाट नुफिन ३७ सि.सी, फेनेग्रान ३७ सि.सी. ,डाइजेपाम ३७ सि।सी, नाईट्राभेट-८८ पिस, डाईजापाम -४८ पिस बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *