सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य!

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक १, २०७८      0

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण शून्य देखिएको छ।

प्रदेशभर २४ घण्टामा एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण देखिएको छैन्।

यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको र उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म सुदूरपश्चिममा तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ भने सङ्क्रमणकै कारण प्रदेशभर ५९८ जनाले ज्यान गुमाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *