विदेशी मुद्रा र स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक १, २०७८      0

काठमाडौं- प्रहरीले दार्चुलाबाट विदेशी मुद्रा र स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

महाकाली नगरपालिकाको बाङ्गाबगर क्षेत्रबाट दार्चुलाको दुहु गाउँपालिका–१ पिपलचौरी बस्ने ३० वर्षीय तेजबहादुर बमलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

थापाको साथबाट दुई लाख ४६ हजार पाँच सय नेपाली रुपैयाँ, ४९ हजार नौ सय ५० भारतीय रुपैयाँ, दुई थान मलेसियन रिङ्गेट, एक हजारको एक थान इराकी डिनार, एक थान चिनियाँ युआन बरामद भएको छ ।

शंकाको आधारमा बममाथि चेकजाँच गर्दा अवैध विदेशी मुद्रा र स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० मनोहरप्रसाद भट्टले जानकारी दिए ।

प्रहरीले उनलाई असोज २९ गते पक्राउ गरेको थियो । उनीविरुद्ध विदेशी विनिमय अपचलन शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *