नुवाकोटमा बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक १, २०७८      0

काठमाडौं- आज बिहान नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो ।

बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

घाइते भएकाहरुलाई दुर्घटना लगत्तै उद्धार गरी उपचारका लागि स्थानीय त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *