बढ्यो सुनको मूल्य

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक १, २०७८      0

काठमाडौं- आज छापावाला सुन प्रतितोला ९१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

गत असोज २५ गते प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७०० रूपैयाँले बढेको हो।

यस्तै गत सोमबार प्रतितोला एक हजार एक सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *