नवलपुरमा बस पल्टिँदा ४२ जना यात्रु घाइते

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक १, २०७८      0

काठमाडौं- नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना यात्रु घाइते भएका छन् ।

नवलपरासीको त्रिवेणीबाट काठमाडौंका लागि छुटेको लु १ ख ९४७६ नम्बरको बस बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

उक्त बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबासबीचको जङ्गलमा आफै अनियन्त्रित भएर पल्टिएको हो।

बस दुर्घटनामा घाइते भएका ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र ५ जनाको दुम्किबासमा उपचार भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *