भारतमा बाढी पहिरोबाट ९६ जनाको ज्यान गयो,जनजीवन प्रभावित

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ५, २०७८      0
This photo taken on July 20, 2021 shows people wading through flood waters along a street following heavy rains in Zhengzhou in China’s central Henan province. (Photo by STR / AFP) / China OUT

एजेन्सी-लगातारको अविरल वर्षाका कारण भारतको विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ ।

भारतको उत्तराखण्डमा वर्षाका कारण आएको बाढी र पहिरोबाट ५४ जनाको ज्यान गएको र १९ जना घाइते भएका छन् भने केही बेपत्ता भएका छन् ।

केरलामा बाढी र पहिरोमा परि ४२ जनाको ज्यान गएको छ । देशका अरु राज्यका विभिन्न ठाउँमा समेत ठूलो पानी परेकाले जनजीवन प्रभावित भएको छ ।

अझै तीन दिन ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन भारतको मौसम विज्ञान विभागले आग्रह गरेको छ । धेरै ठूलो पानी पर्न सक्ने भएकाले केरलाका विभिन्न आठ जिल्लामा अलर्ट जारी गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *