अनटेष्ट कार र स्कुटर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ५, २०७८      0

काठमाडौं- अनटेष्ट कार दुर्घटना हुँदा सुनसरीमा चालकको मृत्यु भएको छ।

बराहक्षेत्र नगरपालिका-३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दुर्घटना हुँदा सोही नगरपालिका-६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति ८ बजे कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार अनियन्त्रित भएर सडकबाट पैनीमा पल्टिदा दुर्घटनामा गम्भीर घाइते भएका दाहालको नगर अस्पताल चक्रघट्टी पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यस्तै, कोसी गाउँपालिका-८ भाण्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा अनटेष्ट स्कुटर दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ।

बिहीबार राति ११ बजे स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा दमक नगरपालिका-१ की २६ वर्षीया सासा लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।

लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान ३ बजे मृत्यु भएको थियो।

स्कुटर पछाडि सवार रहेकी झापा बुद्धशान्ति गाउँपालिका-१ की २७ वर्षीया रेनु गुरुङ घाइते छिन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *