स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक पक्राउ

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ५, २०७८      0

काठमाडौं- स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

रौतहट ईशनाथ नगरपालिका १ का २२ वर्षीय सुशिल कुमार शाहलाई प्रहरीले पक्राउ गरेको हो।

कात्तिक ४ गते दिउँसो ४ बजेको समयमा भारतबाट नेपाल आउँदै गरेका शाहलाई बकैया खोलाको बाँधमा चेकजाँच गर्नेक्रममा सिमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका शाहमाथि थप कारबाही र अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरीले कार्यालय रौतहटले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *