पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ५, २०७८      0

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा गर्ने भएको छ ।

पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म पुनर्निर्माण अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको छ ।
सो सम्मेलनमा विभिन्न देशबाट विपद्, प्रकोप तथा पुनर्निर्माण सँग सम्बन्धित विज्ञ प्रतिनिधिहरू सहभागी हुने सम्मेलनको संयोजक चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

काठमाडौंको होटल हायतमा हुने सो सम्मेलनको सुरूमा डिसेम्बर ७ तारिखमा विदेशी पाहुनालाई स्वागत गर्ने, स्वागत भोजनको व्यवस्था गर्ने, डिसेम्बर ८ मा सम्मेलनको उद्घाटन गर्ने, त्यसका लागि राष्ट्रपति वा प्रधानमन्त्रीलाई बोलाउने, पुनर्निर्माणका दातृ निकाय, विभिन्न क्षेत्रका व्यक्तिहरू, पुनर्निर्माण क्षेत्रका हस्तीहरू सम्मेलनमा सहभागी हुने श्रेष्ठले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *