बाढी-पहिरोले लुम्बिनी प्रदेशमा ५ अर्ब बराबरको धानबाली नोक्सान

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ५, २०७८      0

बेमौसमी वर्षाका कारण आएको बाढी र पहिरोले लुम्बिनी प्रदेशमा ५ अर्ब रुपैयाँ बराबरको धान लगायतका बालीनाली नोक्सान भएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालयले विज्ञप्ति जारी गर्दै वर्षाका कारण प्रदेशमा धान लगायत अन्य खाद्यान्न बालीमा साढे ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाएको हो ।

असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको भारी वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर नगरपालिकामा एक हजार २७ र गेरुवा गाउँपालिकामा २ सय १० घर परिवार प्रभावित भएको प्रदेश सरकारले जनाएको छ ।प्रदेशमा ३६ हजार ४ सय ८० हेक्टरमा काटिसकेपछि खेतमा राखिएको धान र ९३ हजार ५७६ हेक्टरको नकाटेको धानबालीसहित १ लाख ६१ हजार २२३ मेट्रिक टन धान नोक्सान हुँदा ४ अर्ब ५१ करोड ४२ लाख रुपैयाँको बाली नष्ट भएको मुख्यमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।

धान लगायत बालीमा क्षति भएका परिवारलाई संघीय र स्थानीय सरकारको समन्वयमा राहत प्रदान गर्ने मुख्यमन्त्रीले केसीले घोषणा गर्नुभएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *