प्रधानमन्त्रीको पक्षमा जनकपुरधाममा मोटरसाइकल र्‍याली

 ग्लोबल टिभि      मङ्लबार, पुस ७, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मंगलबार जनकपुरधाममा मोटरसाइकल ¥याली प्रदर्शन भएको छ । नेकपाका नेता महेश बस्नेतको अगुवाईमा भएको मोटरसाइकल ¥यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौं, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेको कदमलाई सही भन्दै उनीहरुले समर्थनमा प्रदर्शन गरेका हुन् । जनकपुरमा मंगलबार नै नेता बस्नेतले पार्टीका युवाहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

जनकपुरधामको मुजेलिया नजिकबाट निकालिएको मोटरसाइकल ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनक चोकमा गएर टुँगिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *