६६६ जनामा कोरोना संक्रमण पुष्टि, ११को मृत्यु

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक ९, २०७८      0

नेपालमा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षणमा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षणमा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएको मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *