मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, पुस ८, २०७७      0

ललितपुरको धोबीघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे घर भई धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनाल रहेको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका खनाललाई बा ०२०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खनालको गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *