जीप दुर्घटना हुँदा एकको मृत्यु , ३ जना घाइते

 ग्लोवल टि.भी.      बिहिबार, पुस ९, २०७७      0

बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन्

बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरा भन्ने ठाउँमा धनगढीबाट बझाङ आउने क्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो ।

गम्भीर घाइते भएका जनकराज र गङ्गादत्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *